Wed Jan 19 2022
आर्थिक

सुनको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य सात सयले बढेर तोलको ९३ हजार तीन सयमा कारोबार भइरहेको छ। बुधबार सुन ९२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कायम रहेको छ ।  बुधबार चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।