काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई अन्तर स्थानीय तह कामकाज खटाउने कार्य स्थगित गरेको छ ।
आज बसेको मन्त्रीस्तरीय निर्णयले लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउने कार्य हालका लागि स्थगित गरेको हो ।
मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि कामकाजमा खटाउने कार्य स्थगित गरिएको जनाएको छ ।