काठमाडौँ । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनले पार्टी परित्याग गरेकी हुन् ।
पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन् ।
विज्ञप्तिमा भनिएको छ , ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु।’
तत्काल कुनै पार्टीमा नजाने बताएकी उनले आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी दिएकी छन् ।