Mon Jan 24 2022
देश

माओवादी राष्ट्रिय सम्मेलनः २५ समूह बनाएर छलफल चलाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य भइरहेको छ ।

माओवादीको प्रथम राष्ट्रिय सम्मेलन प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदनकाबारेमा छलफल गर्नका लागि २५ वटा समुह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिरहेको हो ।

यही ११ पुसदेखि सुरु हुँदैछ । माओवादीको प्रथम राष्ट्रिय सम्मेलन प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदनकाबारेमा छलफल गर्नका लागि २५ वटा समुह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिरहेको हो ।

प्रथम राष्ट्रिय सम्मेलनमा लागि प्रज्ञा भवनका सबै हलहरू बुक गरिसकेको व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले जानकारी दिएका छन् । पुग हुने ७८ समुहलाई भने पेरिसडाँडामा स्थान तोकिएको बताए ।