जोडिनुहोस
  • होमपेज
  • जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाऔं : प्रदीप पौडेल

जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाऔं : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी बारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा कांग्रेस नेता पौडेलले जलहरीमा भ्रष्टाचार भएको भन्ने आरोप गम्भीर विषय भएकाले छानबिनका लागि संसदले समिति आवश्यक रहेको बताए ।

पौडेलले अख्तियारको अनुसन्धान प्रक्रियामा समेत प्रश्न उठाएका छन् । ‘उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गर्न लागेको छ । महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयमा यति ढिलो छानविन किन गर्‍यो ?’ अख्तियारको काम कामकारबाही बारे प्रश्न गरे ।

जलहरी राख्ने तत्कालीन सरकारले गरेको निर्णय जस्तै भावी दिनमा अरु सरकारले निर्णय गर्न पाइउने कि नपाउने भनि यो प्रकरणले प्रश्न उठाएको पौडेलले बताए ।

धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचारको विषय जोडिँदा संसार सामू नेपाली शीर निहुरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका