Wed Aug 10 2022
अन्तर्राष्ट्रिय

ओमिक्रोन फैलिएपछि भारतको नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षका कार्यक्रम गर्न रोक

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।
.
दिल्लीको विपद् व्यवस्थापन निकायले दुबै पर्वमा हुने जमघटमा रोक लगाएको हो ।

नयाँ वर्षअघि नै संक्रमण फैलिने क्षेत्र पहिचान गर्न सो निकायले डिस्ट्रिक म्याजिस्ट्रेटलाई निर्देशन दिएको छ ।

संक्रमणको त्रासका कारण दिल्लीमा कुनै पनि प्रकारका सामाजिक, मनोरन्जन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न पनि रोक लगाइएको छ ।

पछिल्लो समय भारतमा ओमिक्रोन संक्रमित दिनहुँ बढिरहेका छन् । बुधबारसम्म २ सय १३ जनामा ओमिक्रोन संक्रमण भएको छ ।