एजेन्सी । मलेसियामा हालै आएको बाढीबाट १७ जनाको ज्यान गएको छ ।
सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनएको छ ।
बाढीले धेरै नागरिक प्रभावित भएका छन् । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यहाँका सात राज्यमा नै बाढीले क्षति पु¥याएको छ । ती मध्ये बाढीबाट सबैभन्दा धेरै सेलंगार राज्य प्रभावित भएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ ।
क्षतिको विस्तृत विवरण आइन नसकेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन ।