Fri Jan 21 2022
Breaking News

भारतको १६ राज्यमा ओमिक्रोन फैलियो, मोदीले बोलाए समीक्षा बैठक

एजेन्सी । नयाँ ओमिक्रोन भेरियन्ट भारतको एक युनियन टेरिटरीसहित १६ वटा राज्यमा फेलिएको छ ।

नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म दिल्लीसहित १५ वटा राज्य एवं एक युनियन टेरिटरीमा फैलिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ ६–३० बजे ओमिक्रोन भेरियन्टका सम्बन्धमा समीक्षा बैठक बोलाएको एएनआईले जनाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समेत आजै उच्चस्तरीय बैठक डाकेका छन् ।

उक्त बैठकमा बिरामीको होम आइसोलेशनलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल भइरहेको भारतीय समाचारमा माध्यमले जनाएका छन् ।

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २३६ पुगेको छ भने १०४ जना निको भइसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

ओमिक्रोनका सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा छन् ।

ओमिक्रोनका संक्रमित धेरै हुने दोस्रो स्थानमा दिल्ली देखिएको छ । दिल्लीमा बिहीबारसम्म ६४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

त्यहाँ हालसम्म ६५ जनामा ओमिक्रोन पुष्टि भएको छ ।

संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले क्रिसमस र नयाँ वर्ष मनाउन हुने जमघट एवं गतिविधिमाथि प्रतिबन्ध लगाइसकेको छ ।

दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण ९डीडीएमए० ले बुधबार एक आदेश जारी गर्दै डिस्ट्रिक्ट म्याजिस्ट्रेट ९डीएम० लाई सबै प्रकारका साँस्कृतिक कार्यक्रम र जमघटमाथि बन्देज लगाएको हो ।

जिल्लास्तरीय प्रशासनिक अधिकारी एवम् दिल्ली प्रहरीलाई उक्त आदेश पालना गर्न भनिएको छ ।

व्यावसायिक संगठनलाई समेत मास्क नलगाएका मानिसलाई प्रवेशमाथि रोक लगाउन भनिएको छ ।