Thu Aug 18 2022
अन्तर्राष्ट्रिय

भारतको पञ्जाबमा अदालतभित्रै विष्फोट हुदाँ दुई जनाको मृत्यु

एजेन्सी । भारतको पञ्जाबस्थित लुधियाना अदालत परिसरमा विष्फोट भएको छ ।

विष्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विष्फोटमा अन्य केही घाइते भएका छन् ।

अदालत भवनको दोस्रो तलामा विष्फोट भएको हो ।

विस्फोटपछि घाइते भएकालाई अस्पताल भर्ना गरिएको छ भने घटनास्थलमा प्रहरीका वरिष्ठ अधिकारीहरू उपस्थित छन् । उनीहरुले अदालतलाई पूरै घेरेर कडा सुरक्षामा राखेका छन् ।