जोडिनुहोस
  • होमपेज
  • पछिल्लो २४ घण्टामा काठमाडौँका ३१ सय बढी सवारी साधन ट्राफिक कारबाहीमा

पछिल्लो २४ घण्टामा काठमाडौँका ३१ सय बढी सवारी साधन ट्राफिक कारबाहीमा

काठमाडौं । उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ५० जनालाई कारबाही गरेको छ । पछिल्लो २४ घण्टा ट्राफिक नियम उलङ्घन गरेको आरोपमा सो सङ्ख्या बराबर कारबाही गरिएको हो ।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ९, लेन अनुशासन उलङ्घन गर्ने १ सय ८९, रेड लाइट मिच्ने १ सय १०, चर्को हर्न बजाउने ६०, नम्बर प्लेट राम्रोसँग नराख्ने २८ चालकमाथि कारबाही गरिएको छ ।

यसैगरी, लिडार गनमा देखिएका ३ सय ९६ र अन्य २ हजार २ सय ५८ जना गरी ३ हजार १ सय ५० सवारी साधनलाई कारबाही गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका