Fri Jan 21 2022
Breaking News

टेकु अस्पतालमा कोरोनाका बिरामी बढ्न थाले, खोप नलगाएका ३५ प्रतिशत

काठमाडौं । १० दिन अगाडिसम्म काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितका बिरामी बढ्न थालेका छन् ।

आईसीयूमा कोरोना संक्रमित भर्ना हुनेक्रम विस्तारै उकालो लाग्दै गएको अस्पतालकी निर्देशक डा. मनिषा रावलले जानकारी दिएकी छन् ।

आईसीयूमा दुई जना मात्रै कोरोना संक्रमित बिरामी उपचाररत थिए भने तर, अहिले त्यो संख्या बढेर ८ पुगेको छ ।

एक हप्ता यतादेखि गम्भीर भएर आउने बिरामीको संख्या विस्तारै बढ्दै गएको डा. रावले जानकारी दिएकी छन् ।

अस्पताल प्रशासनको तथ्यांक अनुसार आइसोलेसनमा ११ जना संक्रमित उपचाररत छन् भने जसमा ३५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको छ बताइन् ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रान फैलिँदै जाँदा नेपालमा झन् खतरा बढेको भन्दै उनले जनस्वास्थ्यको मापदण्डको पालना र सबैमा खोपको पहुँच पुर्‍याउनुपर्ने सुझाब समेत दिइन् ।