Sat Jan 22 2022
मुख्य खबर

अन्तर्राष्ट्रिय मापदण्डको बनाउनका लागि विद्युतीय राहदानीको व्यवस्था : परराष्ट्र

परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्डको बनाउनका लागि विद्युतीय राहदानीको व्यवस्था गरिएको जनाएको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव भरतराज पौड्यालले एमआरपीलाई स्तरोन्नती गर्दै अन्तर्राष्ट्रिय मापदण्डको बनाउनका लागि विद्युतीय राहदानीको व्यवस्था गरिएको बताए।

उनले चिपसहितको कार्ड विद्युतीय राहदानीमा रहेको र यसले सुरक्षालाई निकै मजबुद बनाउने जानकारी दिए । राहदानीबाहक बाहेक अन्यले राहदानी दुरुपयोग गर्ने संभावना अव अन्त्य भएको र विश्वका १०० भन्दा देशले विद्युतीय राहदानीको व्यवस्था गरेको उनले जानकारी दिए ।

बैठकमा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले विद्युतीय राहदानी राष्ट्रियपरिचय पत्रसंग आवद्ध गर्नु चूनौतिपूर्ण रहेको बताए । उनले कर्मचारीका अभावका कारण मुलुकभर सहज ढंगले काम गर्न कठिनाइ भएको जिकिर गरे।

नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।