Fri Jan 21 2022
खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक लिग ए डिभिजन फुटबल अन्तर्गत छैटौं चरणको खेलहरु आजबाट सुरु हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज छैटौं चरणका सुरुआती दुई खेलहरु हुनेछन । पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफ र न्युरोडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । एपीएफ ५ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ  । एनआरटी ५ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ । दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र  फ्रेन्ड्सबीचको खेल ४ः४५ बजे सुरु हुनेछ । पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ ।