Thu Aug 18 2022
प्रदेश २

नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी

नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी हुनुभएको छ । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाउनु भएको छ । १ हजार ९ सय ३८ मतदाता मध्ये १ हजार ८ सय ८१ मत खसेको थियो । २८ मत बदर भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो ।

प्रदेश २ मा नेतृत्व चयनका लागि हिजोमात्रै मतदान भएको थियो ।