जोडिनुहोस
  • होमपेज
  • संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्त हुन्छन् : कानुनमन्त्री गुरुङ

संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्त हुन्छन् : कानुनमन्त्री गुरुङ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्ति हुने गरेको दाबी गरेका छन् । न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुने गरेको चर्चा भइरहँदा मन्त्री गुरुङले संविधानले नै प्रदत्त गरेको अधिकार भित्रै रहेर न्यायाधीशहरू नियुक्ति हुने गरेको विगत सबैले बुझेको हुनुपर्ने जिकिर समेत गरे ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले न्यायालय राजनीतिक भर्ती केन्द्र भएजस्तो आफूलाई नलागेको बताए । उनले भने, ‘न्यायालय राजनीतिक भर्ती केन्द्र बनाएर बिग्रियो भन्ने कुरा आएको छ । अव यसमा त यो हाम्रो संविधानले नै प्रदत्त गरेको अधिकार भित्रै रहेर न्यायाधीशहरू नियुक्ति हुने गरिएको विगत सबैले बुझ्नु भएकै छ । यस सन्दर्भमा अब कि त संविधान नै संशोधन गर्नुपर्ने हुन्छ भन्ने मलाई लाग्छ । नत्र होइन भने जहाँ संविधान कुल्चेर, संविधान भन्दा बाहिर गएर न्यायालयमा न्यायाधीशहरु नियुक्ति भएको त छैन । अव सरकारमा रहेकाहरूले प्रधानमन्त्री र मन्त्रीकै पहुँचको आधारमा कति मुद्दाहरू छिटो हुने र अरूको मुद्दाचाहिँ पछि हुने भन्ने विषय चाहिँ पक्कै पनि हो जस्तो मलाई लागेन । त्यसकारण मैले निवेदन गर्न चाहेँ–यो न्यायालयको आफ्नै ढंगबाट पेशी चढ्ने र मुद्दा इजलासमा जाने भन्ने कुराहरू स्वतन्त्र न्यायालयको स्वतन्त्र ढंगबाट कार्य सम्पादन हुने कुरा पनि माननीय सदस्यहरूलाई अनुरोध गर्न चाहेँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका