Wed Jan 19 2022
मुख्य खबर

सावधान ! कोठामा हिटर बालेर सुत्दा जान सक्छ ज्यान

काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्दो छ । यो वर्ष उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । हिमाली जिल्लाको न्यूनतम तापक्रम माइनसमै झरिसकेको अवस्था छ । हिमाली जिल्लाका बासिन्दा पानी जमेर हैरान छन् ।

जब जाडो बढ्छ, यसपछि शरीरले तातो खोज्छ । कोठा बस्दा, सुत्दा वा नुहाउँदा, जाडोमा तातो खोजी तीव्र हुन्छ । कोठामा बस्दा वा सुत्दा, कोठा तताउन विभिन्न उपाय खोजिन्छन् । कसैले कोठाभित्रै दाउरा बाल्छन्, कोहीले हिटर । नुहाउँदासमेत पानी तातो होस् भनेर गिजर चलाउँछौं । तर, सावधानी अपनाएनौं भने उल्लेखित केही घटना नै काफी छन् ।

उल्लेखित उदाहरणमध्ये बाथरुममा नुहाउन गएका सहनी, लिम्बु र चौहान तीनै जनाको गिजरकै कारण मृत्यु भएको थियो । गिजर खोलेर नुहाउने क्रममा अक्सिजन कम भएर उनीहरूको मृत्यु भएको थियो । बाथरुमको झ्याल पूर्णरूपमा बन्द भएको अवस्थामा अक्सिजन कम हुँदा यस्ता घटना हुने गरेका छन् ।

त्यस्तै, कीर्तिपुरका आमाछोरा र आठ भारतीय नागरिकको भने कोठामा पर्याप्त अक्सिजन अभावका कारण निसास्सिएर मृत्यु भएको अनुसन्धानबाट पुष्टि भएको थियो ।

प्रहरी तथ्यांकअनुसार २०६७ सालपछि यस्ता घटनाबाट २२ जनाको मृत्यु भएको छ । १० जना बाँच्न सफल भएका छन् । समयमै अस्पताल लैजान सकिएकाले उनीहरू बचेका हुन् ।

सचेतना कमीका कारण यस्ता घटना हुने गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवर बताउँछन् । ‘यस्ता घटना के कति कारण हुन्छन् रु’ भनेर सर्वसाधारणलाई जानकारी दिनुपर्ने खाँचो छ,’ उनी भन्छन्, ‘झ्याल ढोका केही खुला छ भने यस्ता घटना कम हुन्छ । ग्याँस गिजरमा नुहाउँदा र मकल बालेर सुत्दा निसास्सिएर बर्सेनि मृत्यु हुने गरेको छ ।’

कोठामा मकल र हिटर बालेर सुत्दा वा नुहाउँदा ग्यास गिजर चलाउनुअघि पर्याप्त सचेतना अपनाउनुपर्ने फरेन्सिक विज्ञ डा। प्रमोद श्रेष्ठको भनाइ छ ।

ग्याँस गिजरका कारण ‘कसरी मृत्यु हुन्छ रु’ डा। श्रेष्ठको भनाइअनुसार बन्द बाथरुममा गिजरबाट ग्याँस लिक हुँदा ‘कार्बन मोनोअक्साइड’ निस्कन्छ । त्यसले बेहोस बनाउँछ र मृत्युसमेत हुन्छ ।

‘कोठामा मकल र हिटर बाल्दा नि ?’
जवाफमा डा. श्रेष्ठ भन्छिन्, ‘कोठामा मकल बाल्दा धुवाँ बाहिर जान पाउँदैन । त्यो धुवाँ शरीरमा जान्छ । मृत्युपछि चिकित्सकले पोस्टमार्टम गर्दा रगतमा कार्बन मोनोअक्साइड लेभल परीक्षण गर्छन् ।

कार्बन मोनोअक्साइडका कारण निसास्सिएर मृत्यु हुँदा शरीरका भाग स्वाभाविकभन्दा रातो र रगत पनि सामान्यभन्दा बढी रातो देखिन्छ । होमोग्लोबिनभन्दा कार्बन मोनोअक्साइडसँग २ सय गुणा छिटो अक्सिजन लिने क्षमता हुन्छ । त्यसकारण, हेमोग्लोबिनले अक्सिजन लिन सक्दैन । र मानिसको मृत्यु हुन्छ ।’

राजधानी दैनिकमा समाचार छ ।