Wed Aug 17 2022
देश

कांग्रेस प्रदेश २ अधिवेशनः सभापतिमा कृष्ण यादव विजयी

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी हुनुभएको छ ।

रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् ।

उहाँका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् । १ हजार ९ सय ३८ मतदाता मध्ये १ हजार ८ सय ८१ मत खसेको थियो ।

२८ मत बदर भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो ।

प्रदेश २ मा नेतृत्व चयनका लागि हिजोमात्रै मतदान भएको थियो ।