Tue Jan 18 2022
Breaking News

कांग्रेस महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रिय सदस्यलाई प्रमाणपत्र शनिबार दिइने

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान ११ बजे प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको कांगे्रसले बताएको छ ।नेपाली कांग्रेसको १४औं महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन् ।