Tue Jan 18 2022
अन्तर्राष्ट्रिय

पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन । उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पु¥याएका छन र घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटना इस्लामाबाद पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो ।

हालै, पाकिस्तानको ठूलो भाग, विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो लागेको छ सजका कारण सडक दुर्घटनाहरू बढेको छ ।

कमजोर मर्मत गरिएको सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाहीले पाकिस्तानमा सडक दुर्घटना बढ्दै गएका छन ।