जोडिनुहोस
  • होमपेज
  • थाईल्यान्डलाई हराउदै नेपाल सेमिफाइनलमा

थाईल्यान्डलाई हराउदै नेपाल सेमिफाइनलमा

काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि सानदार जित निकालेको छ ।मलेसियाको बांगीमा भएको खेलमा नेपाल २ सय २५ रनको फराकिलो अन्तरले विजयी भएको हो ।

पहिलो जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । पराजित थाईल्यान्ड भने प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।थाईल्यान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो ।

नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको मलेसिया १३ दशमलब २ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो।

थाईल्यान्डका लागि ईसान बेर्नोजीले १६ तथा ओपनर डानुफोनले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।थाईल्यान्डका सात खेलाडी शुन्य रनमा आउट भए ।

नेपालका लागि सन्तोष यादवले ५ तथा अशोक धामीले ३ विकेट लिए । कप्तान अभिसेक तिवारीले २ विकेट आफ्नो नाममा गरे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

नेपालका लागि निरज कुमार यादव र नरेन भट्टले अर्धशतकीय ईनिङ खेले । यादवले ४३ बलमा सर्वाधिक ७४ रनमा बनाए ।

नेपाललाई ओपनरद्वय यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । सुर्यांशुले ५५ बलमा ४० रनमा आउट भए ।

नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा अविजित रहे । सन्तोष यादव ३६ बलमा ४२ रनमा आउट भए । थाईल्यान्डका निटपाखन मनुवुन, ईशान बानेर्जी र पनुवातले समान २/२ विकेट लिए तथा जित साद र पियावत नोद्रीले समान१/१ विकेट लिए ।

प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ । सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका