Wed Jan 19 2022
मुख्य खबर

एसएसपी सुशील यादव आफ्नै क्वार्टरमा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत अवस्थामा फेला परेका छन् ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार क्वार्टरमा झुण्डिएको अवस्थामा मृत फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

एसएसपी कुँवरले भने, ‘खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइयो । फेरि एक जना इन्स्पेक्टर भेट्न आउनु भएको रहेछ । हेर्न जाँदा ढोका बन्द नै थियो । तर एउटा झ्यालको खापाबाट हेर्दा झुन्डिएको देखियो ।’

उनका आफन्तलाई बोलाएर ढोका खोलेर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।