Sun Jan 16 2022
अन्तर्राष्ट्रिय

बंगलादेशमा तीनतले डुङ्गामा आगलागी, कम्तिमा ३६ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तिमा ३६ जनाको ज्यान गएको छ।

त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो। घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तिमा ३६ वटा शव फेला पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन्।

मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान लगाइएको छ। धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हामफाल्दा डुबेर मरेका छन्। अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ। आगलागीको कारण स्पष्ट हुन सकेको छैन।