Wed Jan 19 2022
खेलकुद

सेन्ट्रल जोन भलिबल : माल्दिभ्सलाई हराउँदै नेपालको लगातार दोस्रो जित

ढाका । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो ।

बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । नेपाले माल्दिभ्समाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–९ तथा तेस्रो तथा अन्तिम सेट २५–५ ले जीत निकाल्यो ।

यसअघि हिजो भएको पहिलो खेलमा भने नेपालले श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो । लगातार दोस्रो जीतसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।