Mon Jan 17 2022
देश

त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर व्यवस्थापन

काठमाडौं । हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्ट नामक एक समाजिक संस्थाले काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेण्ट प्लान्ट सञ्चालन गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टले क्याम्पसमा सो प्लान्ट सञ्चालन गरेको जानकारी गराएको हो ।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नाम मात्रको मिनिरल वाटर भइरहेको यो बेलामा स्वच्छ पानीको व्यवस्था गरिनु महत्वपूर्ण काम भएको बताएका छन् ।

उनले पानीको महत्वलाई बुझेर गुणस्तर र मापदण्डलाई चेकजाँच गरेर क्याम्पसमा शुद्ध पिउने पानीको व्यवस्था मिलाउनु सह्रानीय भएको बताए ।

कार्यक्रममा हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टका संयोजक तथा पूर्वविद्यार्थी आरिफ अन्सारीले विद्यार्थीहरुलाई पिउने पानीको व्यवस्था नहुँदा अनेक समस्या झेल्नुपरेको आफ्नो अनुभवबाट सिकेर ट्रिटमेण्ट प्लान्ट सञ्चालन गरेको बताए ।

संयोजक अन्सारीले यो प्लान्ट १० वर्षसम्म राम्रोसँग चल्ने बताएका छन् ।

अब विद्यार्थीहरुले घरबाटै पानी बोकेर आउनु पर्ने बाध्यता हटेको र बोतलमा भरेर विद्यार्थीहरुले पानी घर लिएर जानसक्ने गरी क्याम्पससँग सम्झौता भएको उनको भनाइ छ ।