जोडिनुहोस
  • होमपेज
  • पारिवारिक झगडाका कारण पाकिस्तानमा ३ वर्षीय बालकको नहरमा फालेर हत्या

पारिवारिक झगडाका कारण पाकिस्तानमा ३ वर्षीय बालकको नहरमा फालेर हत्या

इस्लामाबाद— पारिवारिक झगडाका कारण एक व्यक्तिले आफ्नो तीन वर्षीय भतिजालाई नहरमा फालिदिएर हत्या गरेको एआरवाई न्यूजले उल्लेख गरेको छ ।

घटना हाफिजाबादको गढी घौस इलाकामा भएको थियो जब एक व्यक्तिले आफ्नो नाबालिग भतिजालाई नहरमा धकेलेका थिए। तीन दिनपछि एक नाबालिग बालकको शव फेला परेको उद्धार अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार भाइसँगको झगडाका कारण युवकले भतिजाको हत्या गरेका हुन् । पुलिसका अनुसार अपराधी बाबरलाई सीसीटीभी प्रमाणको प्रयोग गरेर पक्राउ गरिएको थियो र थप कारबाही भइरहेको एआरवाई न्यूजले जनाएको छ।

यस्तै, गत असोजमा एक व्यक्तिले पनि आफ्नी चार वर्षीया मानसिक सन्तुलन गुमाएकी छोरीलाई ओकाराको चोरस्ता मियाँखान प्रहरी चौकी नजिकैको नहरमा फालेका थिए ।

उद्धारकर्मीले बालिकाको शव पाकपट्टन नहरबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाएका छन् । प्रहरीको सोधपुछमा उनले अपराध गरेको स्वीकार गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका