जोडिनुहोस
  • होमपेज
  • नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो

नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलव ९९ मा सीमित भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७६ अङ्कले ओरालो लागेर चार सय दुई दशमलव ७५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

आजको कारोबारमा विभिन्न कम्पनीका कूल एक करोड ३३ लाख ४२ हजार नौ सय ९६ कित्ता शेयर रु पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार चार सय ८१ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन लायफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । उक्त कम्पनीको रु ८३ करोड ७० लाख ३६ हजार सात सय ९१ बराबरको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट रु २८ करोड २२ लाख ६७ हजार पाँच सय ५९, सोल्टी होटल रु २३ करोड ५६ लाख ३८ हजार नौ सय ९९, एशियन लाइफ इन्स्योरेन्स रु १९ करोड ५० लाख ७२ हजार र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १७ करोड २७ लाख ७६ हजार दुई सय ७४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सामुदायिक लघुवित्त आठ दशमलव १६ र शुभम् पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ११ प्रतिशतले बढेको छ ।

साथै इन्ग्वा हाइड्रोपावर छ दशमलव ६४, खप्तड लघुवित्त छ दशमलव १५, तारागाउँ रिजेन्सी होटल छ दशमलव ११, मकर जीतमाया सुरी हाइड्रोपावर पाँच दशमलव ८६ र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका