Wed Jan 26 2022
देश

देशभर चिसो बढ्दै, चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखा जनाएको छ।

महाशाखाका अनुसार तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

यसैगरी, महाशाखाले आज दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ ।