Thu Jan 27 2022
अन्तर्राष्ट्रिय

ओमिक्रोनका सङ्क्रमित बढेपछि इटालीमा प्रतिबन्धको घोषणा

एजेन्सी । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमण तीब्र रुपमा बढेको छ ।

प्रतिदिन संक्रमण बढ्दै गएपछि स्वास्थ्य मापदण्डहरुमा कडाई गरिएको छ । क्रिसमसका कार्यक्रमहरुमा मानिसहरुको आवागमन धेरै हुने भएकाले त्यसमा पनि कडाई गरिएको छ ।

इटालीको मन्त्री परिषदले क्रिसमस तथा नयाँ वर्षका अवसरमा भेला हुन प्रतिबन्ध लगाएको छ ।

त्यसैगरी मानिसहरुलाई सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि बन्देज गरिएको इटालीको सरकारले जनाएको छ ।

प्रतिबन्धहरुमा रात्रि क्लबहरू र डिस्कोमा आगामी जनवरी ३१ सम्मका लागि प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै दिउँसोको समयमा पनि धेरै जना मानिसहरु भेला हुन नपाउने नियम बनाइएको छ ।

त्यहाँ प्रत्येक दिन ओमिक्रोनका संक्रमितहरु देखिने गरेका छन् । इटालीमा पछिल्लो समय डेल्टा भेरियन्टको प्रकोप पनि बढ्दो देखिएको बताइएको छ ।