Mon Jan 17 2022
अन्तर्राष्ट्रिय

भारतमा ओमिक्रोन तिब्र रुपमा फैलिएपछि उत्तर र मध्य प्रदेशमा राति ११ देखि बिहान ५ बजेसम्म कर्फ्यू

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न नदिन भारतको उत्तर प्रदेशमा रातीको समयमा कर्फ्यू घोषणा गरिएको छ ।

राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो । यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु पनि घोषणा गरिएका छन् ।

कर्फ्यू अवधिभर विवाह र सामाजिक कार्यमा २ सय जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ । सामाजिक जमघटमा कोभिड सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नुपर्नेछ ।

यसअघि विहीबार मध्यप्रदेशमा पनि रात्रीकालिन कर्फ्यू घोषणा गरिएको थियो ।

कोभिडको कारण जनाउदै राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू लगाइएको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले बताए । मध्य प्रदेशमा अहिलेसम्म ओमिक्रोनका बिरामी भेटिएका छैनन् ।

भारतभरमा अहिलेसम्म २३६ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।