Fri Jan 21 2022
खेलकुद

साफ अण्डर नाइण्टीन च्याम्पियनसिप खेलेर महिला फुटबल स्वदेश फिर्ता

काठमाडौं । बंगलादेशमा आयोजना भएको साफ अण्डर नाइन्टीन महिला फुटबल च्याम्पियनसिपमा सहभागि भएको नेपाली महिला टोली गएराती स्वदेश फर्किएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अण्डर नाइन्टीन टोली गएराती नेपाल आईपुगेको जनाएको छ । च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो ।

फाइनलमा पुग्न असफल नेपालले फेयर प्ले अवार्ड पाएको थियो । च्याम्पियनसिपको उपाधि भने आयोजक बंगलादेशले जितेको छ ।

फाइनलमा भारतलाई १– शुन्य गोल अन्तरले पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो ।