Mon Jan 17 2022
Breaking News

एमसिसीबारे प्रचण्डले भने- अनुदानको रुपमा आएको रकम फर्काउने पक्षमा छैनौं

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनुदानको रुपमा आएको एमसीसी परियोजना फर्काउने पक्षमा नरहेको बताएका छन् । अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका हुन् ।

‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर एमसिसी परियोजना अगाडि बढ्छ,’ शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा दाहालले भने, ‘एमसिसीमा प्रश्नहरू उठेका छन्, त्यसको जवाफ दिएर परिमार्जन र संशोधन गरेर अगाडि लगिन्छ।’

उनले एमसिसीको विषयमा पाँचदलीय गठबन्धनमा कुरा गरेको र संशोधनको निर्क्यौल गर्न बाँकी रहेको उनले बताए।