Wed Jan 19 2022
मुख्य खबर

एमसीसीबारे सरकारको धारणा स्पष्ट पार्न ओलीको माग

विराटनगर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सरकारी धारणा स्पष्ट हुनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा ओलीले भने, ‘एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो रु स्पष्ट हुनुपर्छ, त्यसपछि हाम्रो कुरा राख्छौँ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने धारणा व्यक्त गरे । उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए ।