Wed Jan 19 2022
मुख्य खबर

चार निर्णयका साथ सकियो कांग्रेस नयाँ कार्यसमितिको पहिलो बैठक

नेपाली कांग्रेसको नवनिर्वाचित कार्यसमिति बैठक चार वटा निर्णय गर्दै समापन भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार अपराह्न बसेको १४औं महाधिवेशनबाट निर्वाचित पहिलो बैठकले पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका ४ वटा निर्णय गरेको छ ।

बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रिय निर्वाचन समिति, सञ्चार माध्यामसहितलाई धन्यवाद दिने निर्णय समेत गरेको छ ।

यस्तै राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली काँग्रेसका उम्मेदवारहरुको लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय भएको छ ।

दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि गरिएको छ ।

गत मंसीर २४ देखि २८ गतेसम्म सम्पन्न नेपाली काँग्रेसको १४औँ महाधिवेशनले सभापति देउवासहित १३४ जनाको केन्द्रीय समिति निर्वाचित गरेको छ ।