Wed Aug 10 2022
मुख्य खबर

कांग्रेसमा कोइरालाको वरियता २० औं नम्बरमा

काठमाडौं। नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाको वरियता २० औं नम्बरमा राखेको छ ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति शेरबहादुर देउवाले तोकेको वरियता अनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि शेखर कोइरालालाई राखिएको हो ।

वर्तमान र पूर्वपदाधिकारीपछिको वरीयतामा उनलाई राखिएको छ।

सभापतिमा पराजित प्रकाशमान सिंह, विमेलेन्द्र निधि डा शेखर कोइराला भन्दा वरीयतामा अघि छन्। नेता रामचन्द्र पौडेल पनि वरीयतामा शेखर अघि छन्। ‍

देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्त्व दिएका छन् । वरियतामा शेखर यस अघि ३५ औं नम्बरमा थिए।