Thu Aug 18 2022
Breaking News

थप १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १६७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २२६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १० हजार ४९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ९७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५८३ जनाले ज्यान गुमाइसकेका छन् ।