Mon Jan 17 2022
मुख्य खबर

एकै दिन साढे २ लाखले लगाए कोरोनाविरुद्धको खोप, खोप लगाउनेको संख्या २ करोड बढि

काठमाडौ । नेपालमा एकै दिन साढे २ लाख बढिले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन ।

हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ९९ लाख ८५ हजार ५६८ जनाले पूर्ण मात्रा र १ करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।