Mon Jan 17 2022
मनोरञ्जन

ज्याकलिनलाई घर जान रोक

एजेन्सी- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यो वर्षको क्रिसमसमा आफ्नो घर जान पाइनन् । इडीले उनलाई भारतभन्दा बाहिर जानका लागि अनुमति दिएको छैन ।

ज्याकलिनको नाम महाठग सुकेश चन्द्रशेखरको २ सय करोड ठगी मामलामा मुछिए पछि उनी समस्यामा परेकी छन् । ईडीले कैयौंपटक उनीमाथि सोधपुछ गरिसकेको छ । सुकेशबाट पाएको सबै उपहारलाई ईडीले जफतको तयारी गरिरहेको छ ।

ज्याकलिनलाई यसअघि पनि ईडीले भारतभन्दा बाहिर जानका लागि रोक लगाएको थियो । अभिनेत्रीलाई आफ्नो व्यवसायिक सम्झौता अनुसार रियाद जानु थियो, तर ईडीले उनलाई मुम्बई एयरपोर्टमै रोक लगायो । ईडीले ठगी मामलामा अनुसन्धान चलिरहेको र अभिनेत्रीले क्लिन चिट नपाएका कारण भारत बाहिर जानलाई रोक लगाइएको जनाएको छ ।

यो मामलामा ज्याकलिनसँगै नोरा फतेही, श्रद्धा कपुर, शिल्पा शेट्टी र हरमन बावेजा जस्ता बलिउड स्टारको नाम मुछिएको छ ।