जोडिनुहोस
  • होमपेज
  • मुख्यमन्त्री हिक्मत कार्कीको दाबी- मैले अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत्

मुख्यमन्त्री हिक्मत कार्कीको दाबी- मैले अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत्

काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आफूले अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत् भएको दाबी गरेका छन् । प्रदेशसभामा बजेट टेबुल गर्दै उनले सरकारलाई समर्थन गरेका दलहरूले ९ दिनअघि सरकारबाट हात झिक्दा आफू बाध्य भएको बताए ।

उनले भने, ‘जेठ ३१ गते नीति तथा कार्यक्रम ल्यायौं । सरकारमा रहेकाले समर्थन फिर्ता ल्याएपछि न हामी विश्वासको मत लिनसक्थ्यौं । न नीति कार्यक्रमलाई रोक्न सक्यौं । न बजेटलाई टार्न सक्थ्यौं । यी तीनवटै कुरा असम्भव थिए । नीति तथा कार्यक्रम आएपछि संविधानको धारा २२० लाई प्रयोग गर्दै त्यो दिन रातिबाट सभा समापन गरेर अध्यादेश ल्याउनुपर्ने बाध्यता भयो । त्यहाँ क-कसको कमजोरी भयो भोलिका दिनमा देखिन्छ । असार १ गते बजेट ल्याइसक्नुपर्ने थियो । बजेट ल्याउँदा नल्याउँदा समस्या हुने भएकाले मैले संविधानको धारा २२० लाई आत्मसाथ गर्दै जेठ ३२ गते बजेट ल्याएको हुँ ।’

यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका