Fri Jan 28 2022
मुख्य खबर

भारतीय महावाणिज्य दूतावासको गुनासो सुनुवाई कार्यक्रम आयोजना

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले शनिबार गुनासो सुनुवाई कार्यक्रम आयोजना गरेको छ । भारतीय स्वतन्त्रताको अवसर पारेर महावाणिज्य दूतावासले ‘आजादी का अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, कन्सुलर शिकायतों के लिए खुला मंच’ कार्यक्रम आयोजना गरेको हो ।

दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपालमा रहेका भारतीय नागरिकले राखेका विभिन्न प्रश्नको जवाफ कन्सुल जनरल नितेश कुमार दिए। कार्यक्रम उनकै अध्यक्षतामा भएको थियो। कार्यक्रममा पर्सा र बाराका कलकारखानामा कार्यरत करिब ३० जना भारतीयका गुनासो सम्बोधन गरिएको थियो ।