Wed Aug 10 2022
खेलकुद

अण्डर नाइण्टिन एसिया कपमा नेपालले आज श्रीलंकाको सामना गर्दै

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले सारजाह क्रिकेट मैदानमा टेस्ट राष्ट्र श्रीलंकासँग खेल्नेछ । नेपाल र श्रीलंकाबीचको खेल ११ः५५ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा रहेको छ ।

पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो । नेपाल अंक विहीन रहदै समूह बी को पुछारमा रहेको छ ।

श्रीलंका भने २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सेमिफाइनलको सपना जिवितै राख्न नेपाललाइ जित्ने पर्ने दबाब छ ।

नेपाललाई हराएर श्रीलंका दोस्रो जित निकाल्न चाहन्छ । पछिल्लो पाँच भेटमा नेपालविरुद्ध श्रीलंका हाबी हुँदै आएको छ । पाँचै खेलमा श्रीलंकाले जित निकालेको छ ।

प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ । दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ । फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।