Sun Jan 16 2022
देश

माओवादी महाधिवेशनः राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै किन हाँसे

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको छ ।

महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता राप्रपा महामन्त्री कुन्ती शाही थिइन् ।

सम्बोधन गर्ने क्रममा उनले अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्दा सहभागीहरू सबै हाँसेका थिए।

सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन् ।

शाहीले माओवादी केन्द्रको महाधिवेशनको सफलताको शुभकामना दिदै महाधिवेशनले महिलाको अधिकार ल्याउन सफल होस् भनेकी थिइन् ।