Wed Jan 19 2022
देश

नेप्से परिसूचक २६ सय नजिक

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ७१.२० अंकले बढेर २ हजार ५९१.४३ मा पुगेको हो ।

यो दिनको कारोबारमा १५३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै ११ वटा कम्पनीका सेयर मूल्य भने स्थिर छ ।

आइतबार ८६ लाख १ हजार ९५६ कित्ता सेयर ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा करिब २ दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिनको कारोबारमा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

यो दिनको कारोबारमा जीवन बीमा कम्पनीको सेयर मूल्य ९.७८ प्रतिशत र निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ८.१७ प्रतिशतले बढेको छ ।