जोडिनुहोस
  • होमपेज
  • लापसे गर्ने चार सवारी चालक पक्राउ

लापसे गर्ने चार सवारी चालक पक्राउ

काठमाडौँ – लागूपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ परेका छन् ।

भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बागमती प्रदेश ०१ ००६ ख १८ ०२ नम्बरको टिपर चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ का ३२ वर्षीय जीवन तामाङ, बा २१ च ६५९ नम्बरको जीप चालक ललितपुरको इमाडोलका २३ वर्षीय विकेश विष्ट, बा ११ च ३९ ४० नम्बरको कार चालक काठमाडौंको जोरपाटीका २६ वर्षीय सनम थापा र प्रदेश ३ ०१ ०२३ च १४ १२ नम्बरको पिकअप चालक काठमाडौं महानगरपालिका ३५ का ३५ वर्षीय माधव गुरुङ रहेका छन् ।

नियन्त्रणमा लिएका ‍ चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका