Fri Jan 21 2022
मुख्य खबर

माओवादीको बन्दसत्र भोलि ११ बजे सुरु हुने

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार हुने भएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भयो । उद्घाटनसत्र सकिएसँगै सोमबारबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

नेता जनार्दन शर्माका अनुसार सोमबार विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ ।

देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।