Fri Jan 21 2022
मुख्य खबर

मौसम पूर्वानुमानः न्यून चापीय प्रणालीको असर अझै तीन दिन जारी रहने

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेकाले देशभर चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ९सोमबार० केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी तथा हिमाली भूभागमा सामान्य देखि पूर्णतया बदली र तराइका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

सो प्रणाली बिहीबारदेखि क्रमिक रुपमा कमजोर बन्दै जाने सम्भावना छ ।