Mon Aug 8 2022
खेलकुद

ए डिभिजन लिगमा आज एक खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटो र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। सातदोबाटो आज जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ। सातदोबाटो ५ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । जावलाखेललाई हराएममा सातदोबाटो चौंथो स्थानमा उक्लनेछ । जावलाखेल ५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

आज सातदोबाटोलाई हराएर जावलाखेल पनि अंक तालिका सुधार गर्न चाहन्छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ ।