जोडिनुहोस

देश

नेपाल र युएई भिड्दै

नेपाल र युएई भिड्दै

काठमाडौं । नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज आइतबार युएईसँग खेल्दैछ ।

नेपाल र युएईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ।

यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो ।

यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ ।

नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका