Mon Jan 24 2022
अन्तर्राष्ट्रिय

ओमिक्रोन भेरियन्ट : न्युयोर्कका कोभिड अस्पताल बालबालिकाले भरिए

न्युयोर्क । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै अमेरिकाका कोभिड अस्पताल बालबालिकाले भरिएका छन् । संक्रमण फैलिएसंगै पछिल्लो समय न्युयोर्कका अधिकांश अस्पताल कोभिड संक्रमित बालबालिकाले भरिएको विवरणहरु सार्वजनिक भएका छन् ।

पछिल्लो समयमा कोभिडजन्य समस्याका कारण न्युयोर्क अस्पतालका बालबालिकासम्बन्धी वार्ड भरिएको न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्लो समयमा बालबालिकामा कोभिड परीक्षण सुस्त गतिमा भएको गुनासो बढिरहेका बेला बिरामी बालबालिकाले अस्पताल भरिएका छन् ।

न्युयोर्कका कोभिड अस्पतालमा बालबालिकाको चाप चार गुणाले बढेको छ । भर्ना भएकामध्ये आधा बालबालिका पाँच वर्ष मुनिका छन् । यो उमेर समूहका बालबालिकाले अहिलेसम्म खोप लगाउन पाएका छैनन् ।

अमेरिकामा कोभिड संक्रमितको संख्या फेरि बढेको छ ।