जोडिनुहोस
  • होमपेज
  • जेठ महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिए, ५३ प्रतिशत भारतीय

जेठ महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिए, ५३ प्रतिशत भारतीय

काठमाडौँ । सन् २०२३ को जुन (जेठ) महिनामा ७२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डकाअनुसार जुनमा हवाईमार्ग हुँदै कूल ७२ हजार २५० जना पर्यटक नेपाल भित्रिएका हुन् ।

यसअघि जनवरीदेखि मे सम्म प्रतिमहिता लाखको हारहारीमा पर्यटक भित्रिरहेका थिए । मनसुन अर्थात् बर्खायाम शुरु भएसँगै पर्यटक आगमनमा केही कमी आएको बोर्डले जनाएको छ ।

तथापि, सन् २०२१ र २०२२ को तुलनामा यसवर्ष पर्यटकको राम्रो आगमन भएको हो । कोभिड–१९ अघिको पर्यटक आगमनको तुलनामा यसवर्ष ९६.४८ प्रतिशतको रिकभरी भएको बोर्डले जनाएको छ ।

५३ प्रतिशत भारतीय

बोर्डको तथ्याङ्कअनुसार कूल पर्यटक आगमनमध्ये अधिकतम् ५३.७६ प्रतिशत पर्यटक भारतीय रहेका छन् । जुन महिनामा मात्र ३८ हजार ८४५ भारतीय पर्यटक नेपाल आएका छन् । यस्तै, अमेरिकाबाट ८ हजार ४७० जना, चीनबाट २ हजार ४०२ जना, बंगलादेशबाट २ हजार ४०२ जना, लण्डनबाट १ हजार ९९२ जना भित्रिएका छन् ।

यसैगरी अस्ट्रेलियाबाट १ हजार ६३९ जना, मलेशियाबाट १ हजार ७९ जना, दक्षिण कोरियाबाट ८८८ जना, जापानबाट ७६४ जना र भुटानबाट ७०२ जना भित्रिएका छन् ।

यो हवाईमार्ग हुँदै आउने पर्यटकहरुको मात्र तथ्याङ्क हो । स्थलमार्ग अर्थात् सडकमार्ग हुँदै आउने पर्यटकहरुको संख्या यसको दोब्बर भन्दा बढी हुने बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका