Thu Jan 20 2022
खेलकुद

सेन्ट्रल जोन भलिबल : नेपाली महिला भलिबल टोली फाइनलमा प्रवेश

काठमाडौं । साविक विजेता नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।

एक खेल बाँकी छँदै फाइनमा पुगेको नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानलाई ३(० को सोझो सेटले पराजित गर्यो । नेपालले पहिलो सेट २५-८ ले सहजै जित निकालेको थियो । दोस्रो सेट २५-१४ र तेस्रो सेट २५-१६ ले किर्गिस्तानलाई पराजित गर्यो ।

अपराजित रहेको नेपालले लिग चरणमा श्रीलंकामाथि ३-२ को सेटमा जित निकालेको थियो । त्यसपछि नेपालले माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३-० को सोझो सेटमा हराएको थियो ।

अब नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।